Poetry
म चुरोट
म चुरोट
तिम्ले,
उसले,
सबैले जलाउने
तिम्रो
ओठलाई,
छातीलाई
कालो बनाउने ।
तिमीमा विचार को ठुस्ठुसी छ
म मा सुर्ती को,
तिम्रो विचार बाहिर राम्रो
भित्र खोक्रो
मेरो उल्टो
मेरो गन्ध भित्र मिठास,
बाहिर दुर्गन्ध,
म भित्र
कोलाहाल,
हाहाकार,
छटपटी,
छाल छाल
जलाउ मलाई,
खार खार
तिमी मेरो दुस्मन,
मेरो शरीर
जलाउने,
खेलाउने,
टुटाउने,
उठाउने,
तिम्रो जीवन झै म लाचार
तिमी जस्तै बहुरुपी म पनि,
लाटो, सोझो,
चलाख, चतुर,
गुणी, पापी
के फरक छ र,
तिमी र म मा,
तिमी पनि जल्छौ,
खरानी बन्छौ र उड्छौ,
फरक त केबल स्वाँस हो।
—
Likes· tap or hold
By Indra Prasad Paneru · Indra Paneru
—
Views
