← Poetry

Poetry

खेलौना

बाल्यकालको त्यो स्यानो खेलौना

जसलाई

जोसँग

जसरी

म खेल्थे

आज ठूलो हुँदा बिरानो लाग्छ

माया लाग्ने कारण पाउँदिन

त्यो तुच्छ खेलौनाको

त्यो सानो छदाको "म"

हराइसक्यो

हारिसक्यो

सम्झनामा आउने ती खेलौनाका आकृति

चस्माबिनाको संसार जस्तै

धमिलो छ

जुन खेलौना नपाउँदा

रुँदै

कराउँदै

बा आमा लाई सताउँथे

त्यो खेलौना आज बिरानो लाग्छ

Likes· tap or hold

By · Indra Paneru

Views