← Poetry

Poetry

देख्ने अन्धो

म दिउँसो को उल्लू

रात को भंगेरा

देख्छु तर पनि अन्धो छु

हेर्छु तर पनि अज्ञात छु

बिहान उज्यालोमा खोज्दै

हिड्छु म हराउने तारा हेर्दै

राती अँध्यारोमा हेर्दै

हिड्छु म अस्ताउने सूर्य खोज्दै

रुखको छायाँमा घाम खोज्छु

न्यानो घाममा छायाँ खोज्छु

म देख्छु तर पनि अन्धो छु

म हेर्छु तर पनि अज्ञात छु

Likes· tap or hold

By · Indra Paneru

Views