← Poetry

Poetry

आकाशको अंतरिक्ष

आकाशको अंतरिक्ष

म हेर्दिन, म विश्वास गर्दिन

तिम्रा अनगन्ती ताराहरू

जो उज्यालोमा विलिनभैजान्छन

अदृष्यभैजान्छन

सप्तरंगी सूर्यको सामु फिका हुन्छन्

म हेर्छु, म विश्वास गर्छु

तिम्रा ति रंगीन ताराहरू

जो अँध्यारोमा चन्द्रको चहक

जूनकीरी बनेर अमूल्य तुल्याईदिन्छन

दोषी चन्द्रमाको दोष विलीन बनाइदिन्छन्

म हेर्दाहेर्दै हराउँछु

खोज्छु आफैलाई आफू भित्र

अनि पाउँछु ती विश्वास गुमिसकेका ताराहरु

रातको प्रतीक्षा गर्दै

जो उदाउँछन

जूनकीरी बन्छन अनि अस्ताइजान्छन्

Likes· tap or hold

By · Indra Paneru

Views